काठमाडौं– काठमाडौंमै कोरोना भाइरस संक्रमणको बिरामी फेलापरेपछि सरकारले थप सजगता अपनाउन लागेको छ । सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी भोलिदेखि बिदा दिने तयारी गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरसको संक्रमण रोकथाम उच्चस्तरीय समितिले भोलिदेखि अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै बस्ने निर्णय गर्न लागेको हो ।
सो निर्णय आएपछि कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारीबाहेक सबैले बिदा पाउनेछन् । यद्यपि, आवश्यक परेको खण्डमा स्ट्यान्डबाई अवस्थामा रहनुपर्छ ।
उच्चस्तरीय समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।