कोरोना भाइरसः केही दिन छोडिदिनुस् पत्रिका पढ्न, के पत्रिकाबाट कोरोना फैलिँदैन ?

काठमाडौं– कोरोना संक्रमणका कारण अहिले विश्व तर्सिएको छ । जुन रफ्तारमा कोरोना भाइरस संक्रमण भइरहेको छ, त्यसले नेपाललाई पनि चिन्तित बनाउने अवस्थामा पुर्याएको छ । 

अब कोरोनाबारे सूचना दिइरहेका छन्, पत्रपत्रिकाले पनि । नेपालमा केही साप्ताहिक पत्रपत्रिकाले त आफ्नो प्रकाशन केही समयका लागि बन्द गर्ने नै निर्णय गरिसकेका छन् । 

यहीबीच दैनिक पत्रिकाहरु चाहिँ निस्किइरहेका छन् । 

तर, के पत्रिकाबाट कोरोना भाइरस संक्रमण फैलिँदैन ? 

विश्व स्वास्थ्य संगठनले निकालेको एड्भाइजरीमा चाहिँ पत्रिका पढ्दा फरक नपर्ने बताइएको छ । तर, यो कुरा विकसित मुलुकको हकमा बढी लागू हुन्छ । किनकि त्यहाँ मोर्डन प्रिन्टिङ प्रेसहरु छन् जसले अत्याधुनिक प्रविधि अपनाएका छन् । नेपालमा भने पछिल्ला प्रेसहरु भित्रिइसकेका छैनन् । 

फेरि पत्रिका छापिने पो प्रेसमा हो त । प्रेसबाट ती पत्रिका हाम्रो घरसम्म आइपुग्दा अनेक व्यक्तिले छोएका हुनसक्छन् जो स्यानिटाइज गरिएका नहुन सक्छन् । त्यसैले कोरोना भाइरसबाट बच्नका लागि केही दिन पत्रिका नपढ्ने सुझाव विश्वका विभिन्न देशका विज्ञहरुले दिएका छन् ।





  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार २२:१७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया