ब्राजिलका राष्ट्रपतिले भने– कोरोनाबारे मिडियाले अनावश्यक उछालेर मलाई हटाउन खोजे

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोना भाइरसबारे गलत भ्रम फैलाएर जनतालाई उस्काएर आफूलाई हटाउन खोजेको भन्दै मिडियामाथि कडा प्रश्न उठाएका छन् । 

विश्वभर १५ हजारभन्दा बढी ज्यान लिएको कोरोना भाइरसबारे मिडियाले फैलाएको डरमात्र भएको बाल्सोनारोले बताएका छन् ।

एक टिभी अन्तर्वार्तामा बोल्सोनारोले यो महामारी भयो भन्दैमा ब्राजिलका विभिन्न सहरका मेयरले जनतालाई घरभित्र रहन दिएको निर्देशन पनि आफूविरुद्धको षडयन्त्र भएको बताएका छन् ।

‘जनताले यो थाहा पाउनेछन्, उनीहरुलाई भ्रममा राखिएको हो,’ द गार्जियनले तयार पारेको यो समाचारमा बोल्सोनारोलाई उद्धृत गरिएको छ । 

त्यसो त ब्राजिलमा पनि २५ जनाको कोरोना भाइरसका कारण निधन भइसकेका छ भने त्यहाँ १५४६ जनाभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका छन् ।





  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार २३:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया