कोरोना भाइरस संक्रमणलाई रोक्न सरकारले आजबाट देशभर लकडाउन गरेको छ । केही अघिदेखि नै नेपालका शिक्षण संस्था बन्द छन् ।
यस्तो लकडाउन हुँदा र घरमा बस्दा के गर्ने त ?
यसका लागि एउटा उदाहरण हुन सक्छ, सन् १६६५ मा लन्डनमा फैलिएको प्लेगको महामारी ।
त्यति बेला महान वैज्ञानिक सर आइज्याक न्युटन २२ वर्षका थिए । उनी क्याम्ब्रिजको ट्रिनिटी कलेजमा पढ्थे । महामारी फैलिनबाट रोक्न त्यति बेला त्यहाँको सरकारले स्कुल तथा कलेजहरु बन्द गरेको थियो ।
अनि यही अवसरलाई प्रयोग गरेर आइज्याक न्युटनले घरमा बसेर सफ एक्सपरिमेन्ट गरेका थिए ।
अनि त्यहीबेला न्युटनले थ्योरी अफ अप्टिक्स, थ्योरी अफ ग्य्राभिटीलगायतका महत्वूर्ण खोज गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।