खेलहरुको महाकुम्भ टोकियो ओलम्पिक २०२० स्थगित गरिएको छ । अब यो महाकुम्भ सन् २०२१ मा हुने भएको छ । तर, यसको औपचारिक घोषणा भइसकेको छैन ।
औपचारिक घोषणा नभए पनि ओलम्पिक समितिका सदस्य डिक पाउन्डले यो जानकारी दिएका छन् । अमेरिकी पत्रिका युएस टुडेलाई उनले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण सन् २०२० को टोकियो ओलम्पिक एक वर्षका लागि स्थागित गरिएको हो ।
पछिल्लो समय विभिन्न देशले आफ्ना टिमहरु ओलम्पिकमा नपठाउने बताएका थिए । त्यही आधारमा पनि यसलाई स्थगित गरिएका हो । बेलायत, अष्ट्रेलिया, क्यानडाले अहिले टोकियोमा खेल भए आफूहरु प्रतिस्पर्धा नगर्ने बताएका थिए ।
‘ओलम्पिक कमिटीले दिएको जानकारीअनुसार यो स्थगित भएको छ,’ पाउन्डले अन्तर्वार्तामा भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।