कोरोना होइन, चीनमा अब हान्टाभाइरसको डर

एजेन्सी– विश्वमा कोरोना भाइरसको कहर नसकिँदै चीनमा अर्को भाइरसका कारण सन्त्रास छाउन थालेको छ । चीनमा सोमबार हान्टाभाइरसका कारण एकजनाको मृत्यु भएपछि यो डर उत्पन्न हुन थालेको हो । 

चिनियाँ सन्चारमाध्यम ग्लोबल टाइम्सले एउटा ट्विटमा हान्टाभाइरसका कारण एकजनाको मृत्यु भएको समाचार लेखेपछि अहिले विश्वभर यस विषयमा चर्चा हुन थालेको छ । 

हुन पनि नेपाली समयअनुसार सोमबार मध्यरातिदेखि सामाजिक सन्जाल ट्विटरमा हान्टाभाइरस ट्रेन्डिङमा थियो । अधिकांशले ग्लोबाल टाइम्सकै यही ट्विटलाई आधार बनाएर यसबारे आफ्ना धारणा दिइरहेका छन् । 

तर, हान्टाभाइरस नयाँ भाइरस चाहिँ होइन । यो धेरै पहिले देखिएको भाइरस हो । मुसा प्रजातिको जनावरबाट सर्ने हान्टाभाइरसका कारण चीनको युनान प्रान्तमा एकजनाको मृत्यु भएको समाचार ग्लोबल टाइम्सले लेखेको छ । उनी शाडोङ प्रान्त घरमा जाँदै थिए । गाडीमा उनको अचानक मृत्यु भएको थियो । 

ग्लोबल टाइम्सका अनुुसार बसमा रहेका अन्य ३२ जनाको पनि टेस्ट गरिएको छ ।

यो समाचार आएपछि सामाजिक सन्जालमा हान्टाभाइरस ट्रेन्ड बनेको छ । हान्टाभाइरस कोरोना भन्दापनि डरलाग्दो हुनसक्ने लेख्दै विभिन्न समाचार सेयर पनि गरिएका छन् । तर, यो हावाबाट सर्ने भाइरस होइन । यो एक मानिसबाट अर्को मानिसमा पनि सर्दैन । 





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १५:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया