Tue, 07 Apr, 2020


शाहरुखकी छोरी घरमै लकडाउन, कसरी गर्दैछिन् टाइमपास ?
फरकधार / चैत ११, २०७६

एजेन्सी– बलिउड अभिनेता शाहरुख खानकी छोरीले अझै पनि बलिउडमा पाइला राखेकी छैनन् तर उनका प्रशंसक यति धेरै छन् कि उनी पनि कुनै सेलेब्रिटी झैं भइसकेकी छिन् । 



सुहानाकै नाममा सामाजिक सन्जाल इन्स्टाग्राममा अनेकौं फ्यान क्लब पनि नभएका होइनन् । तर, अब सुहाना यतिबेला खासै सामाजिक सन्जालमा सक्रिय छैनन् । कोरोना भाइरसका कारण उनले घरमा आफूलाई कैद गरेकी छिन् । 

अनि उनले आफ्नो टाइम पास चाहिँ मेरिल स्ट्रिपको फिल्म हेरेर गरिरहेकी छिन् । उनले यो जानकारी चाहिँ सामाजिक सन्जालबाट नै दिएकी हुन् ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्