काठमाडौं– मंगलबार सिंहदरबारमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेको थियो । बैठकले सरकारले गरेको आह्वानलाई नेपाली जनतालाई धन्यवाद दिने निर्णय गर्यो ।
सुरक्षासँग सम्बन्धित सबै निकायसँग गरिएको र सीमामा भएका गतिविधिबारे पनि यसबारे निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
उनका अनुसार अब सीमामा आएका नेपालीलाई आज अन्तिम पटक छोडिनेछ । उनीहरुलाई क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नु पर्ने निर्णय बैठकमा भएको जानकारी डा. खतिवडाले दिएका छन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य सामग्री ल्याउनका लागि निजी क्षेत्रलाई आह्वान गर्ने निर्णय भएको छ । सरकारले बनाएको कोरोना कोषको प्रभावकारी बनाउने पनि खतिवडाले बताएका छन् । उनले अन्यले बनाएको कोषबाट पनि केन्द्रीय कोषमा रकम जम्मा गर्नु पर्ने निर्णय भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।