काठमाडौं– कतार एयरवेजमा केही दिनअघि फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरस संक्रमण देखिएपछि यसको त्रास निकै फैलिएको छ । अब विस्तारै विदेशबाट आएका नेपालीहरु सामान्य अवस्थामा पनि अस्पताल पुग्न थालेका छन् ।
यही त्रासका बीच मंगलबार विहानै कार्की थरकी एक युवती मेडिसिटी अस्पतालमा पुगिन् । अस्पतालमा उनले चिकित्सकसँग आफूलाई टाउको दुखेको, खोकी लागेको र ज्वरो आएको बताइन् ।
उनले यी लक्षण बताएपछि यसबारे निकै छिटाे मेडिसिटी अस्पतालमा यसबारे कुरा फैलिएकाे बताइएकाे छ ।
यी युवती १६ मार्चमा दुबईबाट नेपाल आएकी थिइन् ।
उनले आफूलाई देखिएका लक्षण बताएपछि अस्पतालले उनलाई टेकु पुगेर स्वास्थ्य जाँच गर्ने सल्लाह दियो । उनी त्यहाँबाट अस्पतालका लागि निस्किइन् ।
त्यसपछि झन् मेडिसिटी अस्पतालको माहोल बिग्रियो ।
मेडिसिटीका एक कर्मचारीले नाम नभन्ने सर्तमा फरकधारलाई भने, ‘हामीले त्यसपछि लगातार टेकुमा फलोअप गर्यौँ । तर, ती बिरामी लामो समयसम्म पनि त्यहाँ पुगिनन् ।’
कार्की थरकी ती युवती टेकुमा नपुगेपछि मेडिसिटीमा केहीबरे ठूलो सन्नाटा छायो ।
यसबारे त्यहाँ कार्यरतले एकअर्कालाई मेसेज पठाउन थाले । तर, दिउँसो ४ बजेतिर उनी टेकु अस्पताल पुगेको जानकारी पाएपछि मेडिसिटीमा कर्मचारीबीच देखिएको त्रास अलिक कम भएको छ । उनले टेकु अस्पतालमा परीक्षणका लागि स्वाब दिएकी छिन् । उनको नतिजा भोलिसम्ममा आउने अनुमान गरिएको छ । त्यतिबेला सम्म उनलाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।