लकडाउनमा खाद्यान्न किन्न निस्कन्न पाइन्छ कि पाइँदैन ? परराष्ट्रमन्त्रीको जवाफः पाइन्छ

काठमाडौं– कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन तथा रोकथामका लागि नेपाल सरकारले मंगलबार विहानदेखि लकडाउन गरेको छ । तर, लकडाउनबारे नेपालीलाई राम्रोसँग थाहा नभएकाले हुनुपर्छ, अनेक जिज्ञासा पनि जन्मिइरहेका छन् । 

त्यही भएर हुनुपर्छ, मंगलबार दिनभर मानिसहरुले सामाजिक सन्जालमा यसरबारे अनेक प्रश्नहरु राखे । 

यस्तै प्रश्न राखेकी थिइन्, सामाजिक सन्जाल प्रयोगकर्ता अमृता लम्सालले पनि । उनले ट्विटरमा लेखिन्, ‘मैले अझै बुझेकी छैन, यो लकडाउनमा दैनिक खाद्यान्न जरुरत परेको कुरा किन्न घरबाट निस्कन पाउने किन नपाउने ? कसैले भनिदिन सक्छ ?’

लम्साललाई यसबारे अरुले पनि जवाफ दिएका छन् । 

सँगसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि उनलाई जवाफ फर्काएका छन् । ज्ञवालीले एक शब्दमा लम्साललाई जवाफ दिएका छन्– पाइन्छ ।





  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार १८:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया