प्रधानमनत्रीलाई गगनको पत्र : यो महासंकटबाट पार पाउन परीक्षणको दायरा फराकिलो बनाऔँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना महासंकटसँग जुध्ने सरकारको तयारी फितलो भएको बताएका छन् । बुधबार  प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेर थापाले सो कुरा बताएका हुन् ।

थापाले अहिलेकै तयारीले कोरोना महासंकटसँग जुध्न पर्याप्त नहुने भन्दै कोरोना संक्रमणविरूद्धको लडाइँमा हरपल प्रधानमन्त्रीको साथमा आफू रहेको उल्लेख गरेका छन् । 

पत्रमा थापाले सरकारले अहिलेसम्म गरेका कामको प्रशंसा गरेका छन् । यतिले मात्र नपुग्ने भन्दै उनले थप कामहरू गर्नुपर्ने सुझाब पनि राखेका छन्।

थापाले पत्रमा भनेका छन्– हामीले जे गरिरहेका छौँ, पर्याप्त छैन । जसरी गरिरहेका छौँ, यही तरिकाले यो महासंकटबाट पार पाउन सकिन्न । हामीले तत्कालै गर्नुपर्ने केही विषयमा प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु ।

थापाले हवाई र स्थलमार्गबाट नेपाल भित्रिएका नेपाली कहाँ छन् भन्ने यकिन विवरण संकलन गरी संक्रमितको निकट सम्पर्कमा आएका सबैलाई ट्रेस गरी क्वारेन्टाइनमा राख्नुपर्ने सुझाब दिएका छन् । 

जति धेरै परीक्षण गर्‍यो उति संक्रमण भएका व्यक्ति भेटिन सक्ने अवस्था हुने भएकोले व्यवस्थापन राम्रोसँग गरिनुपर्ने उल्लेख गर्दै उनले परीक्षणको दायरालाई फराकिलो बनाउनले र पोजेटिभ देखिएमा तत्कालै उपचार थाल्नुपर्ने बताएका छन् । 



थापाले स्थानीय र प्रदेश सरकारसँग केन्द्र सरकारले तत्कालै समन्वय गरी काम गर्ने वातावरण पनि निर्माण गर्न सुझाब दिएका छन् । 



  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १४:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया