काठमाडौं– कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक यही चैत २३ गतेका लागि सरेको छ ।
बुधबार संघीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले सूचना निकालेर कोरोना भाइरसको सम्भावित संक्रमणका सरकारले लकडाउन र अत्यावश्यक बाहेकका सेवा बन्द गरेका कारण बैठक सार्नुपरेको बताएका छन् ।
यसअघि संसद बैठक चैत ७ गतेलाई तोकिएको थियो । सो बैठक बिहीबारका लागि सारिएको थियो । सो दिन पनि स्थगित भएर २३ गतेका लागि सारिएको हो ।
सरकारले आगामी १६ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ भने २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ ।
यता राष्ट्रिय सभाको बैठक भने अनिश्चित कालका लागि स्थगित गरिएको छ । राष्ट्रिय सभाले सूचना जारी गरेर बैठक स्थगित भएको घोषणा गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।