गुजरात– भारतको गुजरातमा अत्यावश्यक सामान खरिद गर्न जाने ग्राहकका लागि सामाजिक दूरी कायम गराउन नयाँ उपाय अपनाइएको छ ।
बिबिसीका अनुसार अत्यावश्यक सामान पसलअघि भिड नहोस् भन्नका लागि केही दूरीमा सानो–सानो गोलोघेरा बनाइएको छ । ग्राहकले ती गोलोघेरामा उभिएर लाइनमा बस्नुपर्छ ।
मंगलबारदेखि भारतमा २१ दिने लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयहरुलाई घरबाहिर ननिस्किन, भिडभाड नगर्न निर्देशन दिएपछि मानिसहरु नजिकको ग्रोसेरीमा धाउन थालेका छन् ।
प्रधानमन्त्री मोदीले २१ दिन लामो लकडाउन घोषणा गरेपछि विभिन्न ग्रोसेरी सञ्चालकलाई चुनौती थपिएपछि यस्तो उपाय अपनाइएको हो ।
पश्चिम भारतको गुजरातमा ३८ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमण पैलिन नदिन प्रहरीले नै यस्तो घेरा बनाइदिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।