बलिउडकी गायिका श्वेता पन्डित अहिले इटालीमा छिन् । उनी त्यहाँ पति इवानो फुच्चीसँग बसिरहेकी छिन् ।
इटाली अहिले विश्वमा सबैभन्दा बढी प्रभावित देश हो, कोरोना भाइरसकसा कारण । त्यहाँ ८ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।
त्यहाँ भाइरसको प्रकोप यति बढिरहेको छ कि दैनिक मृतकको संख्या बढिरहेको छ ।
यहीबीच श्वेताले इन्स्टाग्राममा आफ्नो इटाली अनुभव सेयर गरेकी छिन् । उनले भिडियोमा भनेकी छन्– उनी एक महिनदेखि घरबाट बाहिर निस्किइनन् । उनले त्यहाँ केवल साइरनको आवाज सुनिरहेको बताएकी छिन् । ‘जब विहान उठ्छु, साइरनको आवाज सुन्छु,’ उनले भनेकी छिन्, ‘मैले त सबै सावधानी अपनाएकी छु, अरु सबैले पनि सावधानी अपनाउनु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।