के काेराेनाकाे लक्षण सबैमा एउटै देखिन्छ ?

कोभिड–१९ का सबै बिरामीका लक्षण समान हुँदैनन् । चीनका बिरामीको अनुसन्धानबाट ८० प्रतिशत संक्रमितमा सामान्य लक्षण देखिएका छन् । संक्रमितमा देखिएका लक्षणका आधारमा यसलाई मुख्यतः तीन समूहमा विभाजित गरिन्छ । पहिलो, हल्का अस्वस्थता । दोस्रो, मध्यम खालको जटिलता । तेस्रो, जटिल अस्वस्थता । जटिल अस्वस्थताबाट गुज्रिएका बिरामी गम्भीर निमोनिया, सेप्सिस, सेप्टिक आघात हुन्छन् । 

भाइरस पोलिमेराज चेन रियाक्सन ९पिसिआर० परीक्षणमार्फत पहिचान गर्न सकिन्छ । अणुको फोटोकपी प्रक्रियासमेत भनिने पिसिआर खासमा एक शीघ्र तथा सस्तो विधि हो र यसमा डिएनएको सानो खण्डको आकार बढाइन्छ । यो परीक्षणमा बिरामीमा भाइरस रहेको–नरहेको छिटै पहिचान हुने गर्छ । 





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १८:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया