चीनभन्दा धेरै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु

चीनबाट सुरु भएको कोरोना भाइरसले अब युरोपमा आफ्नो गढ बनाइसकेको छ । इटालीमा भयानक देखिएको यो भाइरस अब स्पेनमा तहल्का मच्चाइरहेको छ । 

स्पेनमा अहिलेसम्म यो भाइरसका कारण ३४३४ जनाको मृत्यु भएको छ । चीनमा चाहिँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२८१ थियो । 

कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु चाहिँ इटालीमा भएको थियो । त्यहाँ ६८२० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

मंगलबारको तुलनामा स्पेनमा २७ प्रतिशत धेरैको मृत्यु भयो । स्पेनमा ७३८ जनाको मृत्यु बुधबारमात्र भएको हो । स्पेनमा यो संख्या अझ बढ्न सक्ने त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १९:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया