भारतका चर्चित गायक सोनु निगम फेरि एक पटक मिडियामा छाएका छन् । अहिले विश्व कोरोना कहरबाट ग्रसित भइरहेको छ र सोनु पनि यही विषयमा चर्चामा आएका हुन् ।
कोरोना भाइरसका कारण सोनु अहिले दुबईमा फसेका छन् । तर, त्यहाँबाट पनि उनले कोरोना भाइरसबाट सिर्जित समस्यालाई समाधान गर्न आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् ।
उनले केही दिनअघि कोरोना कारण घरमै बस्नु परेका मानिसहरुका लागि युट्युबमा एउटा पर्फमेन्स पनि गरे ।
अनि त्यसमा उनले राम्रो प्रतिक्रिया पनि पाए ।
तर, यतिमात्र होइन, उनी लकडाउन भनिसकेपछि पनि घरबाट बाहिर निस्किने मानिसहरुसँग निकै जंगिएका छन् ।
‘लकडाउनमा भित्र बस्नुपर्छ भन्ने पनि थाहा छैन,’ उनले भनेका छन्, ‘किन मूर्खहरु घरबाहिर सडकमा आइरहेका छन् ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।