काठमाडौ– कोरोना भाइरस संक्रमणका लागि लकडाउनको अवस्थामा अब खाना पकाउने एलपी ग्यासको सिलिण्डर आधा मात्र भरेको पाइने भएको छ । यसका लागि नेपाल आयल निगमले उद्योगहरुलाई निर्देशन दिइसकेको छ ।
निगमले मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको हो । साबिकको अवस्थामा एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन््थ्यो भने अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।
०७२मा भारतले लगाएको नाकाकन्दीको वेला पनि आधा सिलिन्डर मात्रै भरेर वितरण गरिएको थियो । आयल निगमले सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न बुधबारै निर्देशन दिएको छ ।
एलपी ग्यास उद्योगीहरुले सरकारबाट थप निर्देशन आएपछि मात्रै सिलिन्डरमा आधा ग्यास भर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।