इन्डक्सन चुलोमा खाना पकाउने ग्राहकलाई विद्युत महसुलमा २० प्रतिशत छुट

काठमाडौं– सरकारले लकडाउनको वेला (इन्डक्सन) चुलोमा खाना पकाउनेलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिने घोषण गरेको छ । यससम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोनमार्फत यस्तो निर्देशन दिएका हुन् । ऊर्जामन्त्रीको निर्देशनअनुसार इन्डक्सनबाट खाना पकाउने ग्राहकले १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट पाउनेछन् । 

मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्ने र व्यापार घाटा पनि कम हुने मन्त्री पुनको तर्क छ । मन्त्री पुनले भने, ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत हाम्रो आफ्नै उत्पादन हो ।’ 

उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रह गर्दै उनले भने, ‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ, छुटपछि त झन् सस्तो पर्न आउँछ ।’

यसअघि बुधबार बसेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुलो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १२:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया