किशोरी बलात्कारको आरोपमा दुई पक्राउ

ललितपुर– प्रहरीले किशोरी बलात्कारको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा दाङ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने नीरज चौधरी पक्राउ परेका हुन् । 

अभियुक्तहरुले किशोरीलाई शनिबर साँझ महालक्ष्मी नगरपालिका–९ लामाटारचोकस्थित खाली जग्गामा लगेर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ ।

किशोरी बलात्कृत भएको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १२:४३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया