भारतमा आर्थिक प्याकेजको घोषणा

कोरोना भाइरसबाट प्रभावित अर्थव्यवस्था तथा गरिबको सहयोगका लागि भारतको केन्द्र सरकारले १.७० लाख करोड रुपैयाँको आथिएक प्याकेज घोषणा गरेको छ । भारतकीय अर्थमन्त्री सीतारमण तथा वित्तराज्यमन्त्री अनुराग ठाकुरले बिहिबार प्रधानमन्त्री गरिब कल्याण स्किम घोषणा गरेका हु् । 

यसअनुसार अब प्रत्यक्ष पैसा ट्रान्सफर हुने र खाद्य सुरक्षाका अनुसार गरिबलाई सहयोग गरिनेछ । वित्तमन्त्री निर्मला सीतारमणले अहिले लकडाउन भएको ३६ घन्टा भउको र सरकारले प्रभावित तथा गरिबको सहयोगका लागि काम गरिरहेको बताएकी छिन् । उनले भनिन्, ‘हामीले १.७० लाख करोडको प्याकेज लिएर आएका छौँ जुन तुरुन्त गरिबहरुलाई सहयोग गरिनेछ ।’ उनले यसका साथसाथै स्वास्थ्य क्षेत्रमा काम गरिरहेका कोरोना भाइरससँग लडिरहेका स्वास्थ्यकर्मी तथा अन्य मेडिकलकर्मीलाई ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स कभर गरिदिने पनि जनाएकी छिन् ।

निर्मलाले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनाअनुसार कोही पनि गरिब भोकै रहनु पर्दैन । अहिले ८० करोडको लाभ दिएको र हरेक महिना पाँच किलो गहुँ वा चामल प्रतिव्यक्ति निःशुल्क मिल्ने पनि उनले जनाएका छिन् । अबका तीन महिनासम्म उनीहरुलाई अतिरिक्त पाँच किलो गहुँ वा चामल दिइनेछ । प्रति परिवार एक किलो दाल पनि दिइनेछ ।  

त्यस्तै, प्रधानमन्त्री गरिब धन योजनाअन्तर्गत किसान, मनोरोगी, गरिब, विधवा तथा अपाङ्गलाई सहज होस् भन्नका लागि त्यहाँको सरकारले सहयोग गर्ने भएको छ । 

उनले किसानलाई दिइनेन ६ हजार रुपैयाँको पिएम किसान सम्मान निधि पनि यो अप्रिल महिनाको पहिलो सातामा दिइने बताएकी छिन् ।

उनका अनुसार अब भारत सरकारले गरिब, विधवा तथा अपाङ्गलाई दुई किस्ताभन्दा अतिरिक्त एक हजार रुपैयाँ दिने पनि घोषणा गरेकी छिन् । यो अबको तीन महिनासम्म प्रतिमहिना दिइनेछ ।





  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १५:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया