पाल्पामा ३७ जना क्वारेन्टाइनमा

पाल्पा– छिमेकी मुलुक भारतबाट बुटवल–पाल्पा हुँदै घर जान लागेका ३७ जनालाई पाल्पामा क्वारेन्टाइनमा राखिएको छ । 

तानसेन नगरपालिका– ६ वर्तुङस्थित जनप्रिय माध्यमिक विद्यालय र वगनाशकाली गाउँपालिका १ चिर्तुङधारामा रहेको ग्राम्य माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा ३७ जनालाई राखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

धनगढीको गड्डाचौकी नाका हुँदै आएकामध्ये ३३ जना पाल्पा र चारजना बाग्लुङका छन् । २६ जनालाई जनप्रिय माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । बाँकीे ११ जनालाई भने ग्राम्य माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । 

क्वारेन्टाइनमा बसेकामध्ये रामपुर नगरपालिकाका ११, पूर्वखोला गाउँपालिकाका २२  र चारजना बाग्लुङका रहेका छन्। 

धनगढीबाट पोखरा चल्ने ना.५ख ७२३२ नम्बरको बसबाट गएराति १२ बजे उनीहरू पाल्पा आइपुगेका थिए । 

धनगढीको गड्डाचौकी हुँदै नेपाल प्रवेश गरेका उनीहरूलाई धनगढी प्रहरी र जिल्ला प्रशासन कार्यालय पाल्पाको समन्वयमा क्वारेनटाइनमा राखिएको हो ।



उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ ।



  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १६:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया