मुटुमा असहज भएपछि प्रधानमन्त्री ओली मध्यरातमा अस्पतालमा भर्ना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । 

मुटुमा असहज भएपछि उनलाई बिहिबार मध्यराति अस्पताल लगिएको हो । उनका प्रेस सल्लाहकारका अनुसार उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । 

उनको अवस्था सामान्य भएको आज साँझसम्म उनको डिस्चार्ज हुनसक्ने बताइएको छ ।

२१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई चिकित्सकले ६ महिना धेरै नखटिन निर्देशन दिएका छन् । तर, यसबीचमा उनले एकपटक पार्टी सचिवालय बैठक बोलाए भने एकपटक मन्त्रिपरिषद् बैठक । 





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार ११:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया