के बेलायती महारानी एलिजाबेथलाई पनि कोरोना संक्रमण भएको छ ?

एजेन्सी– बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण भएको देखिएपछि प्रश्न उठ्न थालेको छ– के बेलायती महारानीलाई पनि कोरोना भाइरस भएको त छैन ? 

तर, बेलायती महारानी एलिजाबेथको सचिवालयले उनलाई अहिलेसम्म कोरोना भाइरस संक्रमण नभएको जनाएको छ । एलिजाबेथका प्रवक्ताले मिडियालाई महारानीले यसबीचमा कसैलाई पनि नभेटेको र अन्तिमपटक जोनसनलाई ११ मार्च२०२० मा भेटेको जनाएका छन् ।

त्यसो त बेलायतमा प्रिन्स चाल्र्सलाई पनि कोरोना भाइरस संक्रमण भएको समाचार आएको छ । उनी चाहिँ अहिले आइसोलेसनमा छन् । 
 





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १९:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया