एजेन्सी– गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरस संक्रमण अब विश्वभर देखिएको छ । र, यहीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि विभिन्न आरोप पनि लगाइरहेका छन् ।
अब यसको जवाफ दिएका छन्, चिनियाँ राष्ट्रपति सी जिनपिङले । उनले भनेका छन् कि उनी पनि अमेरिका तथा अरु देशसँग कोरोनाविरुद्धको लडाइँमा एक छन् । ‘हामी कोरोनाविरुद्धको लडाइँमा एकजुट छौँ,’ उनले भनेका छन् ।
अनि उनले आफूहरुले कहिल्यै पनि कोरोना भाइरसबारे केही नलुकाएको पनि बताएका छन् । यसअघि ट्रम्पले चीनले संक्रमित र मृतकको संख्या घटाएर बाहिर ल्याएको आरोप लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।