एजेन्सी– अमेरिकी तल्लो सदनले २ ट्रिलियन डलर बराबरको विधेयक पारित गरेको छ ।
यो अहिलेसम्म अमेरिकी सदनमा पारित भएको सबैभन्दा ठूलो आर्थिक प्याकेज हो । कोरोना भाइरससँग जुध्नका लागि यो विधेयक पारित गरिएको हो । अब यो राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कानुन बन्नेछ । यो प्याकेजलाई लिएर बनेको विधेयकलाई यसअघि नै त्यहाँको सिनेटले पारित गरिसकेको छ ।
यो विधेयकअनुसार अब प्रत्येक वयष्क अमेरिकीले १२ सय डलर बराबरको चेक पाउनेछन् । तर, उनीहरुको वार्षिक आम्दानी ७५ हजार डलरभन्दा कम भएको हुनुपर्नेछ ।
यो प्याकेजअनुसार अब त्यहाँ प्रत्येक बच्चाका बाबुआमालाई पाँच सय डलर दिइनेछ ।
विधेयकले अहिले नै त्यहाँका प्रान्तीय सरकार तथा बेरोजगारहरुलाई पनि पैसा दिने व्यवस्था गरेको छ ।
‘हाम्रो देश अहिले आर्थिक र स्वास्थ्य इमरजेन्सीमा छ,’ सदनकी सभामुख नेन्सी पेलोसीले भनेकी छिन्, ‘यसले केही राहत दिने अनुमान गरिएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।