ट्रम्प रिसाए, ट्विट गरेर भड्किए

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भेन्टिलेटरहरु नबनाएको भन्दै जनरल मोटर्स कम्पनीमाथि आफ्नो रिसलाई सार्वजनिक रुपमा नै देखाएका छन् । 

यसअघि कोरोना भाइरसका कारण अमेरिकी अस्पतालमा भेन्टिलेटर कमी भएको भन्दै जनरल मोटर्सलाई भेन्टिलेटर बनाउन उनले निर्देशन दिएका थिए । 

एक ट्विटमा ट्याग गर्दै उनले जनरल मोटर्सलाई लेखेका थिए, ‘कम्पनीले आफ्नो ओहियो प्लान्ट वा अरु कुनै प्लान्ट तुरुन्त खोल्नु पर्छ र भेन्टिलेटर बनाउन सुरु गर्नुपर्छ । अहिले तत्काल ।’

उनले त्यही ट्विटमा फोर्ड कम्पनीलाई पनि यो निर्देशन दिएका थिए ।





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार २:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया