कोरोना रोकथामका लागि नेपाललाई भारतको सहयोग प्रस्ताव

काठमाडौं– छिमेकी मुलुक भारतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग प्रस्ताव गरेको छ । द हिन्दुका अनुसार भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस)का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई यस्तो प्रस्ताव गरेका हुन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सहयोग प्रस्ताव आएको स्वीकार गरेका छन् । मन्त्री ज्ञवालीले नेपाललाई अहिले आरआरटीभन्दा उपचारका लागि स्वास्थ्य उपकरण आवश्यक भएको उल्लेख गर्दै भने, ‘सहयोग प्रस्ताव आएको छ र हामी कुरा गर्दैछौँँ । हामीले स्वास्थ्य सामग्रीमा जोड दिएका छौं ।’

नेपाललाई सहयोग गर्ने प्रस्तावबारे बेनर्जीलाई उदृत गर्दै द हिन्दुले लेखेको छ, ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारत र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार छ ।’

नेपाली सेनाका एक उच्च अधिकारीले पनि अहिले नेपालको स्थिति नियन्त्रणमै रहेको बताउँदै भारतबाट टोली आवश्यक नभएको बताएका छन् । 

अत्यावश्यक सुरक्षा सामाग्री र उपकरण लिनका लागि आजै नेपाल वायु सेवा निगमको एउटा विमान चीन जाँदै छ ।





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १२:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया