लकडाउनमा कडाइ गर्दै प्रहरी, अटेर गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने

काठमाडौं– नेपाल प्रहरीले लकडाउनलाई प्रभावकारी बनाउन कडाइ गर्ने नीति लिएको छ । प्रहरीले विनाकारण कोही सडकमा निस्किएको पाइएमा भेटिएकै स्थानमा दुई घन्टा उभ्याउने भएको हो । यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्नेसम्बन्धी नीति परिवर्तन गरेर नयाँ शैली अपनाउन लागेको हो । प्रहरीले हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक हजार ७० जनालाई पक्राउ गरिसकेको आयुक्त कार्यालयले जनाएको छ ।

सडकमा उभ्याएर प्रहरीले उनीहरुलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिनेछ । प्रशिक्षणका लागि सम्बन्धित स्थानमा प्रहरी जवान खटाइने भएको छ । 

सरकारले कोरोना नियन्त्रणका लागि गत मंगलबारबाट लकडाउनको घोषणा गरेको छ । एक साताका लागि घोषणा गरिएको लकडाउन पुनः थपिने निश्चतप्रायः छ । 





  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार ९:३०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया