विपन्न वर्गलाई राहतको घोषणा गर्ने सरकारको तयारी

काठमाडौं– लामो लकडाउनका कारण न्यून आय भएका, विपन्न वर्ग, मजदुर र गरिबहरू मर्कामा परेका छन् । यस्ता पीडितहरुलाई राहतको व्यवस्था गर्न सर्वत्रबाट माग भइरहेको छ । 

सरकारले यस्ता मर्कामा परेकाहरुका लागि विशेष राहत प्याकेजको तयारी गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका अनुसार आइतबार मन्त्रिपरिषद्को बैठक बसेर आर्थिक प्याकेजको घोषणा गर्ने तयारी छ । 

मजदुरहरुले काम पाउने अवस्था नबन्दासम्म उनीहरूलाई सरकारले हेर्ने समिति स्रोतको भनाइ छ । यद्यपि, न्यून आय भएका वर्गलाई पालिकाहरूले खानेकुराको प्रबन्ध मिलाइरहेको स्रोतको दाबी छ । 
 





  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार १०:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया