क्वारेन्टाइनमा राखिएका युवा निवस्त्र भागे, महिलालाई टोकिदिए

एजेन्सी– भारतमा अहिले विदेशबाट आएका मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । कतिपयलाई उनीहरुकै घरमा पृथक रुपमा उनीहरुलाई राखिएको छ । 

तर, यहीबीच भारतको तमिलनाडुमा श्रीलंकाबाट फर्किएका एक युवालाई क्वारेन्टाइनमा राखिँदा उनी निवस्त्र त्यहाँबाट बाहिर भागेका छन् । अनि छिमेकमा पुगेर एक ८० वर्ष महिलालाई उनले टोकिदिएका छन् । 

उनको टोकाइका कारण ती ८० वर्षीया महिलाको मृत्यु भएको छ । त्यसरी भागेका युवालाई पक्रिएर प्रहरीलाई बुझाइएको छ ।





  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार १७:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया