सरकारले कोरोना प्रभावितलाई राहत उपलब्ध गराउने
फाइल तस्वीर ।

काठमाडौं– अर्थमन्त्री तथा सूचना सन्चारमन्त्री र नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारले कोरोना प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् । 

उनले यस्ता राहत स्थानीय र प्रदेश सरकारबाट हुने बताएका छन् । 

उनले साल्ट ट्रेडिङले अहिले कायम रहेको मूल्यमा १० प्रतिशत कम मूल्यमा खाद्यान्न बेच्ने बताएका छन् । त्यस्तै, इन्टरनेट प्रदायकले अब २५ प्रतिशत कम मूल्यमा सेवा दिनु पर्ने बताएका छन् । 

त्यस्तै, विद्युत् तथा फोन र इन्टरनेटको फागुन र चैतको शुल्क वैशाखसम्म दिइने बताएका छन् ।

यसैबीच सरकारले स्वास्थ्यमन्त्रालयलाई थप बजेट उपलब्ध गराउने पनि बताएका छन् । स्थानीय र प्रदेश सरकारलाई उनले दिने खर्चहरु केन्द्रीय सरकारले व्यहोर्ने पनि बताएका छन् । 

चिकित्सक तथा नर्स तथा अन्य मेडिकलकर्मीलाई मिति २०७७ असार मसान्तसम्मका लागि २५ लाखको वीमाको पनि व्यवस्था गरेको जनाएका छन् । उनले निजी स्वास्थ्य सेवा प्रदायकलाई सबै प्रकारका सेवा सूचारु राख्न र त्यसमा २० प्रतिशत डिस्काउन्ट दिन पर्ने निर्णय गरिएको पनि सुनाएका छन् । 



उनले घरभाडामा पनि एक महिनाको छुट दिन अनुरोध गर्ने निर्णय भएको बताएका छन् । 

अब केही समयका लागि स्वास्थ्य उपकरणमा भन्सार माफी हुँदैछ । आन्तरिक राजश्वमा पनि अहिले कर तिर्न पर्ने समयलाई केही पर सारिएको उनले बताएका छन् । अहिलेको विद्यमान व्यवस्थामा नेपाल राष्ट्र बैंकले पुनरावलोकन गर्नका लागि पनि अनुरोध गरिएको निर्णय उनले सुनाएका छन् ।



  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार २१:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया