अमेरिकी काेराेनासम्बन्धी टास्क फाेर्सका अधिकारीले नै भन्न थाले– २ लाख अमेरिकी मर्न सक्छन्

एजेन्सी– कोरोना भाइरस प्रकोपका कारण एक लाखदेखि २ लाख अमेरिकीसम्मको निधन हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । 

अमेरिकाका सरुवा रोग विशेषज्ञ तथा त्यहाँको राष्ट्रिय सरुवा रोग निर्देशनालयका निर्देशक डा एन्थोनी फाउसीले सिएनएनसँग कुराकानी गर्दै यो बताएका हुन् । उनले यसबाट लाखौँ अमेरिकीहरु प्रभावित हुने निष्कर्ष निकालिएको पनि खुलासा गरेका छन् ।

डा फाउसी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरसविरुद्ध लड्न बनेको टास्क फोर्सका सदस्य पनि हुन् । उनले भने, ‘तर, यो लक्ष्य नै सही हुनुपर्छ भन्ने छैन, यसले त मानिसहरुलाई गलत सन्देश पनि प्रवाह गर्न सक्छ । त्यसैमा म स्टिक हुन चाहन्नँ ।’





  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार २१:५८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया