चीनमा कोरोना जितको खुसियाली, फेरि खान थालियो चमेरो

गत डिसेम्बरमा चीनको वुहान सहरमा पहिलो पटक मानिसमा कोरोना भाइरस संक्रमण देखियो । त्यसपछि केही दिन चीनमा यो भाइरसले वितण्डा मच्चायो । तर, चीनले छोटो समयमा नै भाइरसमाथि जित पायो । 

अब अहिले यो भाइरसले युरोप र अमेरिकामा ठूलो सन्त्रासको स्थिति सुरु गरिसकेको छ । उता, चीनमा चाहिँ कोरोना जितेको भन्दै खुसीयाली मनाउन थालिएको छ । अनि त्यहाँ सबैभन्दा बढी डिमान्डमा परेको छ, चमेरो । 

त्यसो त यसअघि पनि त्यहाँ चमेरो सबैभन्दा बढी रुचाइन्थ्यो । तर, यो कोरोना भाइरस पनि चमेरोबाट नै मानिसमा सरेको हुनसक्ने अनुमान आएको थियो ।

डेली मेलका अनुसार शनिबार चीनमा कोरोना भाइरसमाथि जीत गरेको भन्दै उत्सव नै मनाइएको थियो । त्यो समयमा त्यहाँ कुकुर, बिरालो तथा चमेरोको माथि सबैभन्दा बढी डिमान्ड भएको थियो ।

गुइलिन क्षेत्रमा मानिसहरुको भीड निकै भएको र त्यहाँ कुकुर र बिरालोको मासु बेचिएको डेली मेलको रिपोर्टमा लेखिएको छ ।





  • प्रकाशित मिति : चैत १७, २०७६ साेमबार १६:२९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया