जब सडक र बसमा छरिने स्यानिटाइजर गरिबहरुलाई भेला गरेर छरियो....

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अहिले विश्वभर विभिन्न तरिकाहरु अपनाइएको छ । तर, भारतको उत्तर प्रदेशमा बरेली नामको जिल्लामा प्रशासनले जुन तरिका अपनाएको छ, त्यसलाई हेर्दा र थाहा पाउँदा जो पनि अचम्ममा पर्छन् ।

त्यहाँ जुन केमिकल प्रयोग गरेर बस तथा अन्य वाहन र सडकलाई स्यानिटाइज गरिन्छ, त्यही स्यानिटाइजर बाहिर आएका गरिब मानिसहरुलाई भेला गरेर एकै ठाउँमा राखेर स्यानिटाइज गरिएको छ । अहिले त्यो केमिकल शरीरमा परेकाहरु अस्पताल भर्ना भएका छन् । 

यो बरेलीको बस स्ट्यान्डमा गरिएको हो । त्यहाँका कर्मचारीले विभिन्न ठाउँबाट आएका मानिसहरु जम्मा गरेर एक साथ सडकमा बस्न लगाएर उनीहरुलाई पाइपबाट नै स्यानिटाइजर प्रयोग गरेर नुहाइदिएका हुन् । 

यो पानीमा सोडियम हाइपोक्लोराइड पनि प्रयोग गरिएको बताइएको छ । यसले घर तथा सडकको सफाइ गरिन्छ ।

यसको भिडियो अहिले भारतीय सन्चारमाध्यम र सामाजिक सन्जालमा निकै प्रयोग गर्न थालिएको छ । भिडियोमा त्यहाँका अधिकारीहरुले मानिसहरुलाई अनुहार छोपेर बस्न भनेका छन् । मानिसहरु निहुरिएर अनुहार ढाकेका छन् । अनि उनीहरुमाथि त्यो केमिकल छरिएको छ । 





  • प्रकाशित मिति : चैत १७, २०७६ साेमबार १७:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया