कोरोना रोकथामका लागि सिटिजन्स बैंकले दियो ७ वटै प्रदेशलाई ७–७ लाख

काठमाडौं– कोरोना रोकथामका लागि सिटिजन्स बैंकले ७ वटै प्रदेशलाई ७–७ लाख रुपैयाँका दरले सहयोग प्रदान गरेको छ । बैकले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा एकमुष्ट ४९ लाख सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्तर्गतको कोषमा ७ लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको जनाएको छ । 

बैंकले कोरोना भाइरसको रोकथामका साथै सीमान्तकृत तथा निम्न आय भएका नेपालीको दैनिक अत्यावश्यक सामग्री प्रदान गर्न टेवा पुग्ने विश्वासका साथ उक्त सहयोग गरेको जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवा प्रदान गर्दै आएको छ । जसअनुसार नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टिटीलगायत सेवा रहेको बैंकले जनाएको छ ।  





  • प्रकाशित मिति : चैत १७, २०७६ साेमबार २०:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया