लकडाउन अवधिभर सेयर बजार बन्द

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले  लकडाउनको अवधिभर सेयर बजार बन्द गर्ने निर्णय गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले लकडाउन अवधिभर बजार खुला नगर्ने निर्णय गरेको हो ।

आगामी २५ गतेसम्म नै बजार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । उनका अनुसार त्यसपछि पुनः लकडाउन भए अर्को निर्णय नेप्सेले गर्नेछ ।

यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ । 





  • प्रकाशित मिति : चैत १७, २०७६ साेमबार २०:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया