लकडाउनमा दुई युवालाई निर्मम कुटपिट गर्ने सशस्त्रका हवल्दार निलम्बनमा

काठमाडौं– दैनिक उपभोग्य सामान किनेर फर्किएका दुई युवालाई लकडाउनको समयमा निर्मम कुटपिट गर्ने सशस्त्र प्रहरीका हवल्दारलाई निलम्बन गरिएको छ । 

सोमबार दुई युवालाई उनले भुइँमा सुताएर निर्मम कुटपिट गरेका थिए । यो भिडियो सार्वजनिक भएलगत्तै सशस्त्रले ती हवल्दारबारे कारवाही गर्ने प्रक्रिया अगाडि बढाएको थियो । 

यसरी निलम्बनमा पर्ने हवल्दार मनोज चौधरी हुन् । 

लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा चौधरीले निर्मम कुटपिट गरेका थिए । सशस्त्र प्रहरीले जनताको सुरक्षा ख्याल गर्नु पर्ने तर यस्तो कार्यमा लाग्नु गलत भएको भन्दै उनीमाथि कारवाही गर्न लागिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १८, २०७६ मंगलबार १०:५२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया