काठमाडौं– अमेरिकाले कोरोना संकटका कारण नेपालमै अलपत्र रहेका करिब तीन सय आफ्ना नागरिक लिएर गएको छ । कतार एयरवेजको जहाजमार्फत अमेरिकाले आफ्ना नागरिक लगेको हो । जहाज कतारको दोहा ट्रन्जिट भएर अमेरिका लाग्नेछ ।
अमेरिकाको आग्रहमा नेपाल पर्यटन बोर्डले सोमबार नेपालका विभिन्न स्थानबाट अमेरिकी नागरिकलाइ काठमाडौंमा जुटाएको थियो । कोरोना त्रासका कारण नेपालमा लकडाउन लम्बिएपछि यहाँ फसेका नागरिकलाई विभिन्न मुलुकले धमाधम फिर्ता लगिरहेका छन् ।
अस्ट्रेलियाले बुधबार राति नेपाल एयरलाइन्सको जहाजमार्फत आफ्ना नागरिक फिर्ता लैजाँदै छ । त्यसैगरी चिनियाँ नागरिकलाई स्वदेश लैजान बुधबार एयर चाइनाको जहाज काठमाडौं आउने भएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्ने गरी एयर चाइनाको जहाज काठमाडौं आउन लागेको हो ।
चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।