जंगलमा लागेको आगो निभाउने क्रममा चीनमा १८ अग्‍निनियन्त्रकको मृत्यु

बेइजिङ– चीनमा जंगलमा लागेको आगो निभाउने क्रममा १८ अग्‍निनियन्त्रकको मृत्यु भएको छ । सिचुआन प्रान्तमा भएको सो दुर्घटनामा अग्‍निनियन्त्र र उनीहरुका गाइडको मृत्यु भएको हो ।  

सिन्ह्वा न्युज एजेन्सीका अनुसार हावाको गतिमा आएको बेगले आगोको दिशा मोडिएपछि मंगलबार बिहान उनीहरुको मृत्यु भएको हो । घाइते अवस्थामा भेटिएका तीनजनालाई उपचारका लागि अस्पताल लगिएको छ ।  

अहिले आगो चीनको लियाङसाङ प्रान्तको एक हजार हेक्टर क्षेत्रमा फैलिइरहेको छ । उक्त क्षेत्रमा दुई हजार अग्‍निनियन्त्रक र उद्धारकर्ताहरु पठाइएको छ । उक्त क्षेत्रबाट करिब १२ सय मानिसहरुको उद्धार गरिएको छ । 

गत वर्ष पनि यस क्षेत्रमा लागेको आगो निभाउने क्रममा ३० जना अग्‍निनियन्त्रकको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : चैत १८, २०७६ मंगलबार १७:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया