कोरोना भाइरसका कारण अहिले विश्व तनावमा छ । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ ।
केही दिनअघि देखि भारतमा पनि लकडाउन आह्वान गरिएको छ ।
अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना कोषको पनि घोषणा गरेका छन् ।
मोदीले बनाएको यो आपतकालीन कोषमा उनकी आमा हिराबेनले आफ्नो निजी खाताबाट २५ हजार रुपैया दिने भएकी छिन् ।
यही कोषका लागि केही दिन अघि रतन टाटाले ८ सय करोड दिने घोषणा गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।