दोस्रो विश्‍वयुद्धपछि पहिलो पटक विम्बल्डन स्थगित हुँदै

लन्‍डन — यस वर्षको विम्बल्डन-२०२० स्थगित हुने लगभग निश्चित स्थितिमा पुगेको छ र यसका लागि त्यससँग सम्बन्धित आयोजक पक्षबीच छलफल चलिरहेको छ ।

गत वर्षको विम्बल्डनमा तेस्रो चरणको खेल जितेपछि अमेरिकी टेनिस खेलाडी कोरी गौफ फाइल फोटो : रोयटर्स

अबको केही घन्टामा यसबारे निर्णय आउने विश्वास गरिएको छ । प्रतियोगिताको आयोजक अल इंग्ल्यान्ड क्लबले स्थगित गर्नेबारे अहिलेसम्म निर्णय नभएपछि यसबारे छलफल भइरहेको छ ।

दोस्रो विश्व युद्धपछि अहिलेसम्म कुनै पनि वर्ष विम्बल्डन स्थगित भएको छैन । तर कोरोना भाइरसको संक्रमणको कारण यसपल्ट स्थगित हुने स्थिति सिर्जना भएको हो ।

तय कार्यक्रमअनुसार प्रतियोगिता जुन २९ बाट सुरु हुनु पर्ने हो । अर्को ग्रान्ड स्लाम प्रतियोगिता फ्रेन्च ओपन यसअघि नै चार महिनाका लागि पछाडि सार्ने निर्णय भइसकेको छ ।

आयोजक क्लबले प्रतियोगिताको भविष्यबारे इंग्ल्यान्डको लन टेनिस संघ, व्यवसायिक टेनिसको संघ र महिला टेनिस संघसँग छलफल गरिरहेको छ ।





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १०:२६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया