हुम्ला औषधी पुर्‍याउन हेलिकाेप्टर प्रयाेग

कर्णाली प्रदेश सरकारले हुम्ला जिल्ला अस्पतालमा हेलिकाेप्टरबाट स्वास्थ्य सामग्री पुर्‍याएको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले नेपाली सेनाको हेलिकाेप्टरबाट हुम्लाको सदरमुकाम सिमकोट पुगेर औषधि र उपकरण हस्तान्तरण गरेका छन् ।

उनीहरूले हेलिकाेप्टरमा ल्याइएको सर्जिकल मास्क ७० बक्स, चिनियाँ पिपिई सेट ६० थान, नेपाली पिपिई सेट ५० थान, एउटा थर्मोगनलगायतका सामग्री हस्तान्तरण गरे ।

स्वास्थ्य सामग्री अस्पतालमा आइपुगेपछि उपचारका लागि सहज हुने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १३:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया