एजेन्सी– भारतको नयाँ दिल्ली सरकारले कोरोना भाइरसको प्रकोपका बीच गरिबीको रेखामुनि रहेका मानिसहरुलाई रासन दिने घोषणा गरेको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले १० लाख मानिसलाई रासन दिने बताएका हुन् ।
‘दिल्लीमा १० लाख गरिब मानिसहरुसँग रासन कार्ड छैन,’ उनले भनेका छन्, ‘म उनीहरुसँग आग्रह गर्छु कि यसका लागि आवेदन दिनुहोस् । कोभिड १९ को समस्या रहेसम्म हामी रासन दिनेछौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।