ओली–प्रचण्डबीच भेटवार्ता, डेढ घन्टा कुराकानी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच डेढ घन्टा कुराकानी भएको छ । दुई अध्यक्षबीच समसामयिक विषयमा कराकानी भएको बताइएको छ । 

स्रोतका अनुसार उनीहरुबीच बुधबार अपराह्न ४ बजेदेखि साँझ ५ः३० बजेसम्म कुराकानी भएको हो । चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको सम्बन्धमा पनि अध्यक्षद्वयले छलफल गरेका छन् । 

साथै सीमा क्षेत्रमा रोकिएका नेपाली र गरिब तथा मजदुरलाई राहत दिने सम्बन्धमा छलफल भएको बताइएको छ ।





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १८:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया