के कोरोना भाइरसका कारण तेलको मूल्य शून्यमा झर्ला ?

विश्वको तेलप्रतिको मोह र चासो, तिर्खा र भोक अहिले वाफ बनेर कतै हावामा उडिरहेको छ । 

किनकि अहिले राजमार्गहरु सुनसान छन् । विमानहरु आराम गरेर बसिरहेका छन्, पखेटा फिँजाउन छाडेका छन् । उद्योगहरुका गेट बन्द छन् । अनि विश्वमा नै कच्चा तेल तथा प्रशोधित पेट्रोलियम पदार्थको माग आजभन्दा १८ वर्षअघिको जस्तै भएको छ ।

अनि अर्कोतिर रुस र साउदी अरबबीचको तेल विषयको विवाद चरम उत्कर्षमा पुगेको छ । कतिपय उत्पादकहरुले अहिले नै तेल उत्पादन बन्द गर्ने कि भन्नेबारे सोचिरहेका छन् ।

‘अहिले बजारले के भनिरहेको छ भने तेलको माग नभएको मात्र होइन, अब विस्तारै प्रशोधित तेल वा कच्चा तेल राख्ने ठाउँ पनि नहुन सक्छ,’ जेफ विलले भनेका छन् । जेफ विल न्यूबर्गर बर्मनमा वरिष्ठ ऊर्जा विश्लेषक हुन् । 

यसको अर्थ हो, अब विस्तारै तेललाई उत्पादन गर्नेमात्र होइन, स्टोरेज गर्ने ठाउँहरुको अभाव हुनसक्छ । अनि तेल भण्डारण हुने ठाउँ नै खाली भएपछि यसको मूल्यमा गिरावट आउँदै जान्छ । यस्तो अवस्था यसअघि सन् १९९८ मा आएको थियो ।

त्यसैले हुनुपर्छ, अहिले तेल भण्डारण गर्ने ठाउँहरुमा अब प्रति ब्यारेल तेल १० डलरभन्दा पनि कम हुन थालिसकेको रिपोर्टहरु प्रकाशित हुन थालेका छन् ।



भण्डारण नै सकिएपछि तेलको मूल्य अब विस्तारै नेगेटिभ हुँदै जाने ब्लूमबर्गमा छापिएको एक रिपोर्टमा पनि उल्लेख गरिएको छ ।

हो, अहिले कोरोना भाइरसका कारण भएको यो कमजोर माग सधैं रहिरहने छैन । 



फेरि विमानहरु उड्न थाल्नेछन्, राजमार्गहरु भरिभराउ हुनेछन् । 

तर, यस्तो अवस्था कहिलेसम्म रहिरहला ? यसबारे कसैले भन्न सक्ने अवस्था आएको छैन । के थाहा अब यही बीचमा तेलको मूल्य शून्यमा पो झर्ने हो कि ? 

  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार ०:६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया