कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आयल निगमको ५० करोड सहयोग

काठमाडौं- नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

बुधबार बसेको निगम सञ्चालक समिति बैठकले सरकारले स्थापना गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले सहयोग रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको जानकारी दिए ।

सहयोग रकम निगको विगत १५ दिनको तेल तथा ग्यास बेचेर कमाएको नाफाबराबर हो ।





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १४:४५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया