दिल्लीमा एम्सका चिकित्सक पनि कोरोना संक्रमित

काठमाडौं– पछिल्ला दिन भारतको दिल्लीमा कोरोना संक्रमितको संख्या निकै बढेको छ । 

त्यहाँ सर्वसाधरण मात्र होइन, चिकित्सकहरुमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि स्थिति भयावह भएको अनुमान गरिएको छ । बुधबारमात्र दिल्लीमा तीन चिकित्सकमा कोरोना भाइरस संक्रमण देखिएको थियो । 

यसका कारण त्यहाँको क्यान्सर अस्पताल नै बन्द गरिएको छ । 

अब बिहिबार पनि एम्स अस्पतालका एक चिकित्सकमा कोरोना भाइरस संक्रमण देखिएको बिबिसी हिन्दीले जनाएको छ । समाचार एजेन्सी एएनआईको हवाला दिँदै एम्सले अब चिकित्सकलाई क्वारेन्टाइनमा राखेको र उनको घर परिवारलाई पनि परीक्षण गर्न थालिएको जनाएको छ ।





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १५:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया