ड्युटीमा फर्किए एपिएफका खेलाडी

काठमाडौं– कोरोना संक्रमणको जोखिम र लकडाउनपछि घरबिदामा बसेका सशस्त्र प्रहरी बल (एपिएफ)का खेलाडी बुधबारदेखि ड्युटीमा खटिन थालेका छन् ।

गृह मन्त्रालयको आदेशमा अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी पनि ड्युटीमा फर्किएका हुन् । चैत १० देखि छुट्टीमा बसेका उनीहरु चैत १८ गते छुट्टी सकिएपछि ड्युटीमा फर्किएका हुन् ।

अहिले खेलाडीहरुलाई हेडक्वाटरमा स्ट्यान्डबाई राखिएको र एक दुई दिनपछि फिल्डमै खटाउने सम्भावना रहेको एक खेलाडीले बताए ।

कोरोना भाइरसका कारण अहिले नेपाल लगायत संसारका धेरै देश लकडाउनमा हुँदा खेल क्षेत्र ठप्प छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालमा अहिले दोस्रो चरणको लकडाउन छ । 

नेपालमा एक हजारभन्दा बढीलाई परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा १ जना निको भएर घर फर्किसकेका छन् । 
 





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १५:४१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया