क्वारेन्टाइनमा रहेका रुसी राष्ट्रपतिले पनि देशको नाममा सम्बोधन गर्ने
फरकधार / २० चैत, २०७६

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि देशको नाममा विशेष सम्बोधन गर्ने भएका छन् । विश्वमा कोरोना भाइरस महामारी फैलिएपछि यो उनको दोस्रो सम्बोधन हो । 

यसअघिको सम्बोधनमा पुटिनले एक साता ‘काम नगर्ने साता’को घोषणा गरेका थिए । 

बिहिबार त्यहाँ २४ घन्टामा ७ सय ७१ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । अब रुसमा कम्तिमा पनि ३ हजार पाँच सयभन्दा धेरै कोरोना संक्रमित भएका छन् । 

यही विषयमा पुटिनले सम्बोधन गर्न लागेको अनुमान गरिएको छ ।

यसअघि एक चिकित्सकलाई पुटिनले भेटेका थिए जसलाई कोरोना संक्रमण देखिएको थियो । उनलाई कोरोना संक्रमण देखिएपछि पुटिन अहिले घरमै क्वारेन्टाइनमा छन् । 

  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १९:१७:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया